२०७९ मंसिर १९, हावापानी नेपाल,
उनले देख्दादेख्दै हिउँ पग्लिएर बनेका सुन्दर तालहरु माटो र बालुवाले पुरिए। सेता हिमालाहरु पग्लिएर काला पहाडको रुपमा देखिनथाले। उनले पछ्याईरहेको हिमालको सुन्दर जीव हिउँ चितुवाको आनीबानी फेरिन थाल्यो। हिमालको राजाकै रुपमा रहेको हिउँ चितुवाको ठाउँमा हिमाली ब्वाँसो पहाडी क्षेत्रमा पाईने चितुवा र अन्य मासंहारी जनावरहरुको समेत पुग्नथाले। प्राय एक्लै हिड्न मन पराउने हिउँ चितुवालाई अन्य जनावरको थ्रेट छ। हिउँ चितुवाको बासस्थानलाई अरु मासंहारी जनावरहरुले ओगट्न थालेका छन् । हिमाली भेगको स्वच्छ र राम्रो वातावरणको सुचकको रुपम रहेको हिउँ चितुवा लोपउन्मुख छ। टासीले हिउँ चितुवा फोटो मार्फत बिश्वब्यापी रुपमा बढीरहेको तापक्रम बृद्दीले हिमालमा परिरहेको असर देखाउदै छन्। १६ बर्षदेखि हिमाली भेगमा आफुले खिचेंका फोटोहरु मार्फत सबैलाई हिमाली भेग चिनाउँदै छन्।
हिउँ चितुवा कस्तो जीव हो ?
हिउै हिउँले भरिएको अजङ्गका पहाडहरु, कठ्याङ्ग्रीने जाडो, बिग्रिरहने मौसम,आहाराको अभाब, यी सबै कठिन अवस्थामा बाच्ने सक्ने जीव हो हिउँ चितुवा। हिमाली भेगमा पाईने नावर, थार उच्च भेगमा पाईने जनावरहरु हिउँ चितुवाका आहार हुन। जुन उचाईबाट हिउँ शुरु हुन्छ। त्यही स्थानबाट हिउँ चितुवाको बासस्थान शुरु हुन्छ। उच्च हिमाली क्षेत्रमा पाईने थोरै जिवहरु मध्य हिउँ चितुवा पनि एक हो। हिँउ चितुवा ३000 मिटर देखी ५५०० मिटरको उचाईका उच्च हिमाली क्षेत्रमा पाईन्छ। नेपाल, भारत, चिनदेखि मङ्गोलिया हुदै रसियासम्म १२ वटा देशमा हिमालहरुमा हिउँ चितुवा पाईन्छ । विश्वमा ३५०० देखि ६००० को हाराहारीमा हिउँ चितुवा रहरको अनुमान गरिन्छ। नेपालमा ३५० देखि ५०० को सङ्ख्यामा रहेको अनुमान छ। बन्यजन्तु र बाताबरण संरक्षणमा काम गर्ने संस्था आयूसीएन(IUCN) ले हिउँ चितुवाlलाई सकंटउन्मुख बन्यजन्तुको सुचिमा राखेको छ।