पूर्ण खड्का, अछाम
भदौ ७, २०७९
फोटोफिचर
४ हजार २ सय मिटर उचाइमा रहेको बडिमालिका धाम पुग्न फेसबुकमा देखेजस्तो सजिलो छैन । फोटोमा नअटाएका कष्टका कथा त कति छन् कति, सायद यी भोगाईहरुलाई नजिकैबाट बुझ्न जो कोही एकपटक त पुग्नैृ पर्छ । जनैपुर्णिमाको छेकोमा अन्य धार्मिकस्थल जस्तै बडीमालिका जानेहरुको संख्या ठूलो हुन्छ । रमणिय त्रिवेणीपाटन , लुकामारी खेलिरहने बादल र पर-परसम्म देखिने हिमाल-पहाडका लेयरले अहिलेको समय बडीमालिकालाई झनै सुन्दर बनाएको छ । पछिल्लो समय सुदुरपश्चिममको मात्र नभई देशकै एक प्रमुख पर्यटकिय गन्तब्यको रुपमा चर्चामा रहेको बडीमालिकालाई धार्मिक महत्वका हिसाबले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।
हरेक बर्ष थपिँदै गइरहेको घुँइचोमाझ बडीमालिका चर्चित त छ नै, बडीमालिका यात्रामा रहेका यावत कष्टहरुले पनि बिस्तारै चर्चा पाउँदै गएका छन् । बास र गाँसको राम्रो व्यबस्था नहुँदा र शौचालय पर्याप्त नहुँदा पदयात्रामा निस्केका हरुले सामाजिक सँजालमा गुनासो पनि पोखेका छन् । फेसबुकमा फोटो देख्नासाथ बिनातयारी बडीमालिका हान्निदा खानपानको ठेगान नहुने, लेक लाग्ने, साँघुरो बाटोमा चिप्लिईने समस्याहरु थुप्रै हुने गरेका छन् । सामाजिक संजालमा चौतर्फी सेयर भएका फोटो जस्तै क्यामेरा बोकेर घुमफिरमा निस्कने युवाहरुको संख्या पनि बाक्लिन थालेको छ ।
झन डाँडा र पाटनमा उक्लिएर टिकटक बनाउनेहरु त कति कति । एकपटक त आकाशमा ३ वटा ड्रोन सँगै उँडेका रहेछन् । जे होस! यसपालीलाई बडीमालिकाको यात्रा यस्तै रह्यो ।
तस्विरहरुः पूर्ण खड्का